काठमाडौं– टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई उपचारका लागि राजधानीको वीर अस्पतालमा भर्ना गरिएको छ। शनिबार बेलुका बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका चौधरीलाई वीरको आकस्मिक कक्षामा भर्ना गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार कारागारमै अनशनरत चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं पठाइएको थियो। चौधरी यसअघि धनगढीको सेती अञ्चल अस्पतालमा…