काठमाडौं– टीकापुर घटनाका अभियुक्त निलम्बित सांसद रेशम चौधरी थुनामै रहने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको सोमबारको संयुक्त इजलासले यअघि जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेपछि उनी थुनामै रहने भएका हुन्। हालै मात्र सांसदको सपथ ग्रहण गरेका चौधरीले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई…