काठमाण्डु - पार्टी जोगाउन भन्दै नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै भण्डारी र शमौले आफूहरू पार्टी फुट्न नदिने बताएका छन् । नेता भण्डारीले आफूहरूले पार्टी विभाजन हुन नदिने बताउँदै विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाउन प्रस्ताव गरे ।…