काठमाण्डु - पहिला बन्दुक बोकेका उनका हातले अहिले गाईवस्तुको स्याहार गर्छन् । परिवर्तनका लागि भन्दै माओवादीको सशस्त्र द्वन्द्वमा सहभागी भएका र अरूलाई गोली हान्न पनि पछि नपरेका उनी अहिले गाईपालनलाई नियमित हतियार बनाएका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका दारुगाउँमा जन्मिएका केशव खड्का काठमाण्डुको गोकर्णेश्वर–११ सुन्दरीजलमा २० लाख रुपैयाँ लगानी गरेर गाइपालन र तरकारी खेतीमा…