काठमाण्डु – सरकारले तत्काल लकडाउन नगर्ने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने मनस्थितीमा नरहेको जानकारी दिएका हुन् । उनले संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँमा लकडाउन गर्न सकिने भन्दै चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए ।…