काठमाडौं - साझा यातायातले विद्युतीय बस मंगलबारदेखि सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा उद्घाटन गरेका हुन्। एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरे। विद्युत प्राधिकरणले २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन…