काठमाडौं– नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीचको विद्युत खरिद सम्झौता नवीकरण भएको छ। अक्टोबर अन्तिममा सकिन लागेको निगमसँगको विद्युत व्यापार सम्झौताको अवधि प्राधिकरणले लम्ब्याएर आउँदो डिसेम्बरसम्म पुर्याएको हो। त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत्…