एसएसपी लोहनीसहित चार प्रहरी अधिकृतलाई साधारण तारेखमा छाड्न सर्वाेच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करीमा मुछिएका ३४ जना आरोपितमध्ये महावीरप्रसाद गोल्यान अग्रवाल बाहेकको हकमा उच्च अदालत विराटनगरकै आदेश सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको हकमा पनि उच्च अदालतको…