काठमाडौं – विभिन्न कारणले मलेसियामा अवैधानिक रुपमा बसेकालाई घर फर्कने बाटो खुलेको छ । मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत आज बिहीबारदेखि घर फर्किने अवसर दिएको हो । मलेसिया सरकारले आज अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो…