काठमाडौं– सरकारले ६ वटा प्रदेशका गृहसचिवको हेरफेर गर्नुको साथै २१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको २१ सहसचिवमध्ये अधिकांशलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार सरुवा गरिएकामध्ये धेरैलाई प्रदेश राजधानीमा रहेका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सचिवबीच…