धनगढी पुगेकाे श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डु फिर्ता

काठमाण्डु– काठमाण्डुबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डुनै फिर्ता भएको छ । सोमबार राति अवतरण हुन नसकेपछि १२ बजे जहाज काठमाण्डुनै फिर्ता भएको हो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए। उक्त जहाज काठमाण्डुबाट धनगढीका लागि ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि फर्काइएको हो…