काठमाडौं - विश्वविद्यालय भनेपछि आफैंमा मर्यादा, नैतिकता, सदाचारको आचरण सिकाउने थलो । सिक्ने विद्यार्थीभन्दा सिकाउने प्राध्यापक र प्रशासक उच्च नैतिकवान हुनुपर्ने हो । त्रिभुवन विश्वविद्यालय भित्रको महत्त्वपूर्ण अंग विश्वविद्यालय सेवा आयोगका आपराधिक गतिविधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेपछि प्राज्ञिक क्षेत्र झस्किएका छन् । विश्वविद्यालयमा दक्ष जनशक्ति कर्मचारी र प्राध्यापकको योग्यता जाँच गर्ने निकायभित्रै नातागोताका…