काठमाडौं – धाडिङको बेनिघाटस्थित रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि इन्द्र बहादुर चेपाङले गोली प्रहार गरेका छन् । बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेका रामजी चेपाङमाथि गोली हानी इन्द्र चपाङ भागेको रोराङ–७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए । भारुवा बन्दुकको गोलीले टाउकोमा लागेकाले रामजीको अवस्था चिन्ताजनक रहेको छ । उनको काठमाडौँ मेडिसिटी…