प्रहरीले पक्राउ गर्न सुरु गरेपछि विप्लव माओवादीका अधिकांश कार्यकर्ता भूमिगत

काठमाडौं–चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो ।     प्रहरी नेतृत्वले प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवालाई विप्लवका…