कास्की - नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आज (बुधबार)देखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० श्यया क्षमताको छ…