काठमाडौं— एनएमबी बैंकले ले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम सञ्चालनका लागि ऋण दिने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशकै रोजगारीको अवसर सृजना हुने गरी उद्यम संचालनका लागि एनएमबी ले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो । मंगलबार काठमाडौंमा सो बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भयो।…