सर्वोच्च अदालतका लागि पाँच न्यायाधीशको नाम अनुमोदन

काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम बिहीबार सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । ढुङ्गाना र माथेमा उच्च अदालतमा मुख्य न्यायाधीश थिए भने बाँकी सबै कानून व्यावसायी। न्यायपरिषद्को सिफारिशमा…