काठमाडौं– पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा र उनका सल्लाहकार सूर्य सुवेदीको काम-कारवाहीले सिंगो सरकारलाई रक्षात्मक बनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मादेखी ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी सर्जन भोजराज अधिकारीलाई अपहरणशैलीमा बोलाएर बयान लिएको र बहिर्गमित लडाकु लेनिन बिष्टलाई विदेश भ्रमणमा रोक लगाएको विषयले अहिले सिंगो सरकारलाई आलोचित बनाएको छ । गृहमन्त्री…