भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन

एजेन्सी– भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन भएको छ । उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो । सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी, द स्टैट्समेन, इंडियन एक्सप्रेसमा लामो समय काम गरेका थिए । उनका स्तम्भ लेखन र रिपोर्टिङ चर्चित छ ।…