सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

मोरङ– विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ। आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उनलाई सम्मान गरेको हो । सुन्दरहरैँचा नगरपालिकाद्वारा आज यहाँ आयोजित समारोहमा नगरप्रमुख शिवप्रसाद ढकालले…