काठमाडौं– निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन्। आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको…