काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बालअधिकार र बाल न्यायसम्बन्धि ऐन, कानुनहरुको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको स्पष्ट प्रतिबद्धता र क्रियाशिलताको आवश्यक्तामा जोड दिएका छन् । प्रधानन्यायाधीश जबराले बाल न्यायसम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरुको समक्षता हुनुपर्ने पनि स्पष्ट पारे । केन्द्रीय बाल न्याय समितिले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बाल न्यायसम्बन्धी…