काठमाडौं– प्रहरीले राजधानी काठमाडौंका विभिन्न होटल तथा डान्स रेष्टुरेण्टमा छापा मारेर नाबालिक किशोरीहरुको उद्धार गरेको छ। ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल र डान्स रेस्टुरेन्टमा छापा हानेर जबर्जस्ती काममा लगाएका ३९ जना नाबालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, डेविटफल…