मधेश प्रदेशमा आईतबार सार्वजनिक बिदा

काठमाण्डु – मधेश प्रदेश सरकारले आगामी आईतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार सूचना जारी गर्दै आगामी आईतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को गत मंसिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ…