काठमाडौं– नेपाल प्रहरीका एक डीएसपीको लापरबाहीका कारण शुक्रबार झापाको विर्तामोड एकाएक रणभूमिमा परिवर्तन भयो । बालक हत्याको घटनासम्बन्धमा प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुरोध गर्न पुगेका स्थानीयसंग त्यस क्षेत्रका तत्कालीन डीएसपी राजकुमार सिलवालले गलत बोली र व्यवहार प्रदर्शन गरिदिँदा अनपेक्षित परिणाम सृजना भयो । एक जनाको मृत्यु भएको छ भने आधा दर्जन व्यक्ति घाइते भएका छन्…