काठमाडौं– शसस्त्र प्रहरी बलमा विपत् सम्बन्धी तालिममा लेखाअधिकृतलाई सिफारीस गरेको खुलासा भएको छ । चीन सरकारले दिने तालिममा दुई जना लेखा अधिकृतलाई गृहमन्त्रालयमा सिफारीस गरेपछि मुख्यालयमा हंगामा भएको छ । शसस्त्रको तालिम हेर्ने मानवस्रोत विभागका एआईजी शैलेन्द्र खनालले लेखाअधिकृत महेन्द्र हमाल र ताराबहादुर केसीलाई तालिममा सिफारीस गरेको स्रोतको दाबी छ । …