चितवन– निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस चितवनका पूर्वसचिव मोहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष समेत रहेका लामासहितलाई शनिबार चितवनको शिवनगरमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन्। लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ,…