झापा– झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले ओली सवार गाडीमा राखिएको बम सुरक्षित रुपमा निष्क्रिय बनाएको छ । मेयर ओली झापाको दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् । ओली सवार स्कारपियो गाडीको छतमा बम भेटिएको प्रहरीले जनाएको छ ।…