काठमाडौं - प्रधामन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ। बुटवलस्थित जितगढी विजयी उत्सवलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीलाई एक युवा कार्यक्रम स्थल प्रवेश गरी कालो झन्डा देखाएका हुन्। उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेका अर्घाखाँचीका रुद्र घिमिरेले कार्यक्रमस्थलमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन्। उनलाई तत्काल नियन्त्रणमा…