थप बन्दरगाह सञ्चालन र जलमार्गका लागि वार्ता गर्न नेपाली टाेली नयाँदिल्लीमा

काठमाडौं– भारतसँग थप बन्दरगाह सञ्चालन र मुुलुकमै जलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच नयाँदिल्लीमा वार्ता हुँदैछ। नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक सोमबार र मंगलबार हुने भएको हो। सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा…