काठमाण्डु – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण लामो समयपछि देशका पश्चिमी भूभागमा हिमपात र वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्मको हिमपात भई अहिले भने मौसम केही खुलेको छ । हुम्लाको सिमिकोटमा शुक्रबार राति ९ बजेदेखि पर्न थालेको हिमपात अहिले रोकिएको छ…