काठमाण्डु– अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाण्डु ल्याइएपछि सम्बन्धित निकायको जिम्मा लगाइएको हो। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमध्ये ७९ जना पुरुष र एक महिला छन्। कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका व्यक्तिहरू डिपोर्टमा परेका हुन्। स्वदेश फर्काइएका सबैलाई मानव…