काठमाण्डु– राज्य व्यवस्था समितिको बैठकमै समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागिएको छ । बुधबार बसेको आकस्मिक बैठकमा नेकपा एमालेका सांसद पदम गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् । गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका हुन् । सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै…