काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नैपर्ने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित वर्तमान मुलुकको अवस्था र राप्रपाको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आमजनतालाई ठीक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले…