नेपालगन्ज- आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा। सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो। पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे। कार्यकर्तालाई जिज्ञासा राख्न भने। मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ…