काठमाण्डु– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए । उनले…