काठमाण्डु - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको हो । बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।