काठमाण्डु - सूचीकरणका लागि सामाजिक सञ्जाल एक्स (ट्वीटर) सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । एक्सको सिंगापुरस्थित कार्यालयले शुक्रबार सञ्चार मन्त्रालयमा इमेलमार्फत् आधिकारिक पत्र पठाउँदै सम्पर्कमा आएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले एक्सबाट इमेल प्राप्त भएको जानकारी दिए ।…