धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज, समाचार हटाउने आदेश स्वतः रद्द

काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित समाचारविरुद्ध जिल्ला अदालत काठमाण्डुमा पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज हुने फैसला गरेको छ । यससँगै अदालतबाट यसअघि भएको समाचार हटाउने अन्तरिम आदेश समेत स्वतः रद्द भएको छ । यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले विपक्षीको मत…