काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका केही नेताहरुको विभागीय जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको रास्वपा सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी उपसभापति स्वर्णिम वाग्लेलाइ दिने निर्णय गरेको हो । यस्तै विभागको उपप्रमुखमा सन्तोष परियार, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा र कृषि विभाग प्रमुखमा राजन गौतमलाई चयन गरेको प्रवक्ता मनिष झाले बताए…