काठमाण्डु – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ । प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङ्तानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिन…