एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा…