अशोकधाम मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु

काठमाण्डु– भारतको बिहारस्थित लखीसरायको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। साउनको सोमबारीका लागि ठूलो संख्यामा भक्तजन भेला भएका बेला मन्दिरमा भीड बढेपछि अचानक भागदौड मच्चिएको हो। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पूजा तथा दर्शनका लागि मूल मन्दिरमा मानिसहरूको घुइँचो बढेपछि स्थिति…