काठमाण्डु - आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस भनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरुको सम्झना…