काठमाण्डु – प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी छँदै आईतबार पदबाट राजीनामा दिएकी छन् । आगामी निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने संवैधानिक व्यवस्था भए पनि उनले राजीनामा दिएकी हुन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने समय आईतबार र सोमबार…