काठमाण्डु - मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । समीकरण फेरिएपछि जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन बनाएका छन् । सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्रीमा भने कृष्णप्रसाद यादव नै रहेका छन् । मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद…