मोरङको सीमावर्ती क्षेत्रमा गोली चल्याे, गाँजासहित दुई भारतीय पक्राउ

काठमाण्डु– मोरङको सीमावर्ती क्षेत्रमा गोली चलेको छ । गए राति गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । मोरङको जहदा गाउँपालिका–२ तारिगामास्थित नेपाल–भारत सीमा नजिक बाट प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। एक राउन्ड हवाई फायर गरी ३ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दियो…