तराईबाट पहाडसम्म फैलिँदै खरबुजाको लहर, बाँनियाटारमा फस्टायो व्यवसायिक खेती

काठमाण्डु– गर्मी मौसम सुरु भएसँगै बजारमा खरबुजाको माग ह्वात्तै बढेको छ । रसिलो, गुलियो र शरीरलाई शीतलता दिने भएकाले गर्मीयाममा खरबुजा धेरै रुचाइने फलमध्ये एक बनेको छ । मुख्य सिजनमा नेपाली उत्पादनले बजार धान्ने गरे पनि अफसिजनमा भने भारतबाट खरबुजा आयात हुने गरेको व्यापारीहरू बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजारसहित देशका प्रमुख थोक बजारहरूमा…