मधेशको राजनीति : पहिला फुट्ने अनि जुट्न ‘तम्सिने’

काठमाण्डु - साउन २८ र २९ गते मधेशको राजनीतिमा महत्त्वपूर्ण घटनाको रूपमा दर्ज भएको छ । साउन २८ मा अशोक राई र राजेन्द्र महतोले कार्यगत एकताको घोषणा गरेका छन् भने साउन २९ गते अनिल झाले नेपाल सद्भावना पार्टीको पुनर्गठन गरेका छन् । यी तीनैजना नेताहरू विभिन्न समयमा पार्टी फुटाउँदै, बनाउँदै अहिले एकताको कुरा गरेका छन्…