काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी महाधिवेशन गर्नैपर्ने अडान लिएका छन् । बुधबार कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशनको नाममा गरिने छलछामले पार्टीलाई गम्भीर क्षति पुग्ने टिप्पणी गरे । वडा र क्षेत्रीय अधिवेशनपछि केन्द्रीय महाधिवेशनमा जानुको कुनै विकल्प नरहेको उनले बताए । उनका अनुसार कांग्रेसले अनावश्यक विवादमा अल्झिँदै धेरै समय खेर…